यदि तपाइँ फेसबुकमा ग्रुपको एडमिन हुनुहुन्छ भने पक्कै पनि ग्रुपमा आउने अनाबस्यक पोस्टले हैरान हुनुभएको छ होला | बिभिन्न पेजको प्रचार तथा अनाबस्यक एप्लिकेसनको पोस्टले ग्रुपमा हैरान बनाउने गर्दछन | ग्रुपको बिषय भन्दा बाहिर रहेर गरिने पोस्टले ग्रुप एडमिनलाइ सधै टाउको दुखाउने गर्दछ | त्यसलाई नियन्त्रण गर्न फेसबुकले नयाँ सुबिधा थपेको छ | जस अन्तर्गत अब एड्मिनले आफै पोस्ट अप्रुभ गर्ने नगर्ने निर्णय गर्न सक्नेछन | त्यसको लागि ग्रुप सेटिंगमा गएर पोस्ट अप्रुभ गर्ने कि नगर्ने भन्ने अप्सन रोज्नु पर्दछ | यदि पोस्ट अप्रुभ गर्ने अप्सनलाइ छानेको खण्डमा ग्रुपका सदस्यले गर्ने पोस्टलाइ एडमिनले अप्रुभ गरेपछी मात्र ग्रुपको वालमा देखिनेछन group facebook

यसरि सेटिंग गरेपछी ग्रुप सदस्यले पोस्ट गर्दा ग्रुपको वालमा यस्तो देखिन्छ |

group2

अब एडमिनले अनुमति दिएपछी मात्र त्यो पोस्ट वालमा जानेछ | अर्थात तपाइँको ग्रुप अनाबस्यक पोस्टबाट सुरक्षित हुनेछ |