पासवर्ड ह्याक्को समस्या हामीमध्ये धेरैले भोगेको समस्या हो | आफ्नो ह्याक नभए पनि अरुको एकाउन्ट ह्याक भएको र त्यसबाट निकै समस्या आएको धेरै सुनिने गर्दछ |यसबाट बच्ने एक मात्र उपाय हो आफ्नो पासवर्ड सुरक्षित बनाउने | पासवर्ड कसरि सुरक्षित बनाउने भन्ने बारे त थुप्रै साइटहरु तथा पत्रपत्रिकाले जानकारी दिएका हुन्छन | यो पोस्टमा चाहिं म हामीले प्रयोग गरेको पासवर्ड कतिको सुरक्षित छ भनेर जाच्ने केहि टूलको बारे जानकारी दिनेछु | त्यो भन्दा अघि चाहिं मैले पासवर्ड सुरक्षित बनाउने केहि उपाय बताउदै छु | आफ्नो पासवर्ड सुरक्षित र ह्याक गर्न नसकिने बनाउनको लागी निम्न कुरामा ध्यान दिनु पर्छ |
  • पासवर्डमा सकेसम्म नाम फोन नम्बर जस्ता कुरा प्रयोग नगर्ने 
  • पासवर्डमा कम्तिमा एक अपर केसको अक्षर (ABCD....Z) र कम्तिमा एक लोअर केसको अक्षर (abcd....z) प्रयोग गर्ने 
  • पासवर्डमा कम्तिमा एक वटा अंक र एक वटा सिम्बल प्रयोग गर्ने 
यति  कुरामा ध्यान दिनुभयो भने तपाइको पासवर्ड सितिमिति कसैले पत्ता लगाउन सक्दैन | अब पक्कै तपाइँ आफ्नो पासवर्ड परिवर्तन गर्न चाहनुहुन्छ होला | त्यसो भए अब बन्ने नयाँ पासवर्ड कतिको सुरक्षित छ त ? तलका लिंकमा गएर पत्ता लगाउन सक्नुहुन्छ |
पहिलो साइट हो http://www.passwordmeter.com/ | यो साइटमा सुरक्षित छान्ने भनेर बताउने देखि तपाइँले छानेको पासवर्ड कति प्रतिशत सुरक्षित छ भनेर जानकारी दिने गर्दछ | साथै तपाइँले छानेको पासवर्डमा के कमजोरी छ भनेर समेत जानकारी दिने गर्दछ |

त्यस्तै अर्को उपयोगी र रमाइलो साइट हो http://howsecureismypassword.net/ | यो साइटमा तपाइँले छानेको पासवर्ड ह्याक गर्न कति समय लाग्न सक्छ भनेर अनुमानित समय दिने गर्दछ | त्यसबाट थाहा हुन्छ पासवर्ड कतिको सुरक्षित छ भनेर | साथै यसले पासवर्ड बनाउँदै गर्दा बिभिन्न सुझाब समेत दिने गर्दछ भने पासवर्डको सुरक्षाको स्तर हेरिकन पेजको कलर समेत परिवर्तन हुने गर्दछ | 









यसरि सामान्य टूल प्रयोग गरेर आफ्नो पासवर्ड कतिको सुरक्षित छ भनेर जान्न सकिन्छ |