मलाई मन पर्ने बैज्ञानिकमध्ये एक जना बैज्ञानिक हुन मिचियो काकु | मैले सुने अनुसार उनले स्कुल पढ्दा नै पार्टिकल एक्सिलेरेटर बनाएका थिए रे | दुखको कुरा बिज्ञान बिषयको औपचारिक अध्ययन सकिने बेला सम्म पार्टिकल एक्सिलेरेटर बनाउने कल्पना त परै राखौं राम्रो सँग यसलाई हेर्न समेत पाइएको छैन | अहिले स्नातकोत्तर दोश्रो बर्षको प्रयोगात्मक कक्षा लिंदै गर्दा केहि तिता अनुभब मनमा आए | जसलाई यो पोस्ट मार्फत व्यक्त गर्दै छु |
मैले बिद्यालय अध्ययन गर्दाताका हाम्रो बिद्यालयमा भएका उपकरण भनेका चुम्बक, राउण्ड बटम फ्लास्क, केहि टेस्ट ट्युब, स्प्रिट ल्याम्प, र लिटमस पेपर मात्र थिए सायद | बिद्यालयमा यहि सामग्री मात्र प्रयोग गरेर केहि प्रयोग बिज्ञान शिक्षकले गरेर देखाएका थिए | एसिड र अल्कालीको टेस्ट गर्न लिटमस पेपरको प्रयोग, राउण्ड बटम फ्लास्क्को मुखमा ग्लास रड राखेर पानि तताउँदा फैलिन्छ भन्ने प्रयोग, चुम्बकले उत्तर र दक्षिण देखाउँछ भन्ने प्रयोग र केहि कुरा घोलिएको झोल पदार्थलाई तताउँदा त्यो घुलेको पदार्थ क्रिस्टलको रुपमा निस्किन्छ भन्ने प्रयोग, मेरो पुरै स्कुल जीवनमा भएका प्रयोगात्मक परिक्षण यत्ती मात्र थिए | यस मध्ये नुनपानी लाइ सुकाएर नुनको क्रिस्टल निकाल्ने प्रयोग मात्र मैले आफै गरेको थिएँ त्यो पनि घरमा गएर |
जब म आइएस्सी अध्ययन गर्न भनेर त्रिचन्द्र कलेजमा भर्ना भएँ, मेरो सबै भन्दा ठुलो उत्सुकता नै प्रयोगात्मक कक्षा थियो | आफुले स्कुलमा देखेका उपकरण आफै चलाउन पाइने भन्ने कुराले निकै उत्तेजित बनाएको थियो | तर यो सबै उत्साह र उत्तेजना मेरो पहिलो प्रयोगात्मक कक्षामै सकियो | केमिस्ट्रीको पहिलो क्लासमा मैले केहि केमिकललाइ मिसाउँदा के हुँदो रैछ भनेर हेर्न खोज्दा ल्याबको दाइले नराम्रो सँग गाली गर्नु भएको थियो | अनि ल्याबमा शिक्षकले सिकाएको बाहेक कुनै अरु प्रयोग गर्न नपाइने बताउनु भएको थियो | त्यसपछिका हरेक प्रयोग शिक्षकको निर्देशनमा सिमित रहे | शिक्षकले यसो गर भनेर निर्देशन दिए पछी खुरुखुरु त्यहि आदेश मान्यो, पुर्ब निर्धारित नतिजा निकाल्यो अनि कपि चेक गरायो | आइएससी र बिएससीको सबै प्रयोग यहि घेरामा सिमित रहे | त्यस माथी सामान सधै अभाब हुने समस्या अनि सामान भए पनि गतिलो सामान नहुनु, राम्रो सामान बिद्यार्थीले नपाउने समस्या त छदै थियो | खिया लागेका र राम्रो डाटा नदिने सामान फिजिक्स ल्याबका समस्या थिए भने सुद्ध केमिकल नभेटिने समस्या केमिस्ट्री ल्याबको |

तर जसोतसो बिएससी सकेपछी मास्टर्स लेभलमा चाहिं पक्कै प्रयोगात्मक अध्ययन राम्रो होला भन्ने लागेको थियो | तर त्यो भ्रम समेत समाप्त भएर गयो | प्रयोगात्मक कक्षाका आइएससी र बिएससीका समस्या यथावत थिए भने अरु समस्या पनि थपिएका थिए | कम्तिमा आइएससी र बिएससीमा आफै डाटा लिएर आफ्नै निचोड निकालिन्थ्यो | तर अहिले त्यो झन्झट समेत हराएको छ | अन्तिम समयमा कलेजले प्रयोगात्मक कक्षा सुरु गर्छ, यति दिन भित्र सबै कक्षा सकेर आफ्नो कपिमा चेक गराएर सक्नु भन्ने उर्दी जारी गर्छ | चाहेर वा नचाहेर पनि प्राक्टिकल गर्नु भन्दा पनि अलि अलि हेर्नु अन्तमा अघिल्लो बर्षको कपि सारेर देखाउनुको बिकल्प बिद्यार्थीसँग छैन | र चेक गरेर सक्ने बित्तिकै सुरु हुने प्रयोगात्मक परीक्षाले गर्दा आफैले घरमा अध्ययन गर्न समेत नपाउने अवस्था हुन्छ |
हामीलाई पढाउनु भएको एक जना शिक्षकले भन्नु हुन्थ्यो की उहाँहरुको पालामा प्रयोगात्मक परिक्षा भनेको प्रतिष्ठाको बिषय हुने गर्थ्यो | परीक्षामा अन्तर्वार्ता लिने शिक्षक भारतबाट झिकाइनथ्यो रे | त्यसैले उनीहरुलाई प्रभाबित बनाउन भनेर निकै तयारी गर्थे रे विद्यार्थीले | तर प्रयोगात्मक कक्षा नै झारा टार्ने तहमा झर्दा परीक्षामा बिद्यार्थीको जाँगर घट्नु स्वाभाविकै हो | तर अहिले त केहि बिद्यार्थी हरु यस्ता समेत भेटिन्छन जसले कुनै पनि प्रयोगात्मक कक्षा लिंदैनन | एकै चोटी डाटा सार्ने अनि कपि साइन गराउने र परीक्षामा जाने अनि चिनेको शिक्षक सँग सोधेर प्रयोग गर्नेगरेको भेटिन्छ | उनीहरुकै धेरै अंक आएको समेत देखिन्छ | जसले गर्दा प्रयोग गर्नु पर्छ र केहि सिक्नु पर्छ भन्ने भावना बिद्यार्थीहरुमा दिन प्रति दिन मार्दै गएको छ |
प्रयोगात्मक कक्षाहरु बिज्ञान बिषयको आधारभूत आवस्यकतामा पर्दछ | तर क्याम्पस र बिश्वबिद्यालय अनि बिद्यार्थीको लापरबाहीको कारण प्रयोगात्मक कक्षाहरु औपचारिकतामा सिमित हुँदै गएका छन् | बर्षेनी २००० भन्दा बढीको संख्यामा स्नातकोत्तर उतिर्ण हुने बिश्वबिद्यालयमा भएको दुरावस्थाले बिद्यार्थीहरुको क्षमतामा समेत असर पुगेको छ | तसर्थ अबको दिनमा सुबिधासम्पन्न प्रयोगशाला र प्रभाबकारी प्रयोगात्मक कक्षा बनाउने तर्फ सबैको ध्यान पुगोस | अनि मात्र देशले सक्षम बैज्ञानिक जनशक्ती उत्पादन गर्न सक्ने छ |
2 Comments
प्रयोगात्मक कक्ष्याको महत्वको बारेमा कसैको दुईमत नहोला। खनाल जीले त स्कुलमै केही बिग्यान्का सामाग्री देख्नु वा प्रयोग गर्नु भा रैछ।
ReplyDeleteमैले पढेको स्कुलमा त एउटा चुम्बक पनि थेन। त्यतिबेलाको दिमाकले आफ्नै घरको रेडियो खोल खाल पारेर चुम्बक सहित ब्याट्री हेर्ने, यता उता पार्ने गर्ने गरिन्थ्यो। खुब खुशी लाग्थ्यो तीन ब्याट्रीले चल्ने रेडियो लाई दुईले मात्रै बज्ने बनाउन सकेको मा। कक्ष्या प्रदसनले (class demonstration) अत्यन्तै महत्वपुर्ण भूमिका खेल्छ विद्यार्थीलाई बिग्यान प्रबिधी प्रति आकर्शित गर्न र पढेको कुरा बुझ्न।
There are few ways to improve the situations...
ReplyDeleteI guess it would be nice if you could spill your beans on those issues too!
Pointing the problem is (probably) easy, and you have done your part.
The challenge is next... can we change it?
Cheers!