मैले धेरै व्यक्तिहरुको बायोग्राफीमा पढेको छु कि उनिहरुले आफ्नो जीवनमा गरेको  धेरै कार्यहरुको खाका सपनामा देखेको कुराको आधारमा बनाएका थिए रे |  त्यसैले उनीहरुले सल्लाह दिंदा सपनामा देखेको कुरालाई टिपोट बनाएर राख्न र त्यसबारे सोंच्न बताएको पाइन्छ | यसो भन्दैमा मैले मेरो सपनाको आधारमा मैले कुनै ठुलो कुरा पत्ता लगाएँ भन्न खोजेको  पनि होइन र यो सपना अरुले नदेखेको सपना हो भन्न खोजेको पनि होइन | अहिले नै धेरै  साइन्स फिक्सनहरुमा  कल्पना गरिएका कुराहरु मध्येको एउटा घटना नै देखेको थिएँ | तर पनि विज्ञानको बिद्यार्थी भएको नाताले यो सपनाले मलाइ निकै उत्साहित बनायो | र यो पोस्टमा यसबारे लेख्दै छु |
सपनाको सुरुवात म अध्ययनरत पाटन कलेजमा भएको थियो | र बिनिल अर्याल ले  एस्ट्रोफिजिक्स पढाउँदै हुनुहुन्थ्यो | त्यति बेला उहाँले एउटा अप्रत्यासित प्रस्ताब ल्याउनुभयो | कक्षाबाट ३ जना लाइ छानेर अन्तरिक्षमा अनुसन्धानको लागी लग्ने | त्यसमध्ये २ जना अरु साथीहरु संगै म पनि छानिएँ | र तुरुन्तै सुरु भो स्पेस को यात्रा | अचम्मको कुरा अन्तरिक्षमा जानको लागी कुनै रकेट चाहिएन | सामान्य लिफ्ट जस्तो देखिने उपकरणबाट नै अन्तरिक्षमा पुगियो त्यो पनि केहि मिनेट  भित्र | अनि अन्तरिक्षमा भएको स्पेस सेन्टर पुग्दा लाग्थ्यो यो कुनै अनकन्टार ठाउँ होइन नेपालकै कुनै पाँचतारे होटल हो | 
त्यहाँ पुगेपछि मलाइ एउटा अत्यास लाग्यो | म यहाँ त आएँ तर कसैलाई खबर गर्न पाएको छैन | यहाँ कति महिना बस्नु पर्ने हो | यसो आफ्नो मोबाइल झिकेर हेरेको अचम्म नेपालका दुवै नेटवर्क एन्सेल र नमस्ते मोबाइलले मज्जाले काम गर्ने रैछन | अनि पछि अर्को कुरा पनि थाहा भो हामीहरु त्यहाँ रातीको लागी  बस्न मात्र आएको रे | हरेक बिहान पृथ्बी फर्किने र फेरी  राती अन्तरिक्षमा फर्केर  अनुसन्धान गर्ने |
सपनाको  बिचमा धेरै घटना हरु पनि थिए जसलाई मैले यहाँ उल्लेख गर्न आवस्यक ठानिन |  प्रविधिको कुरा मात्र मैले उठाएँ | यसको कारण यो हो की निकट भबिस्यमा हामीहरुले यो प्रविधि बिकास गर्नै  पर्ने छ | बैज्ञानिक स्टेफन हकिंगका अनुसार  अबको  २०० देखि ३०० बर्ष भित्रमा पृथ्बी मानिसहरुको लागी बस्न अनुपयुक्त हुन सक्छ | यति छिट्टै त्यो अवस्था आउला नआउला तर पृथ्बी सधैभरी मानिस को बासस्थान बन्न उपयुक्त हुँदैन | त्यो बेला मानिसले आफ्नो अस्तित्व जोगाउनको लागी अरु बिकल्प खोज्नै पर्ने छ | र त्यसको लागी अहिले देखि नै अनुसन्धान सुरु भैसकेको छ | मानब बस्ति बसाउन योग्य ग्रहहरुको खोजी निरन्तर जारी छ | साथै अन्तरिक्षयात्रालाई सहज बनाउने प्रयास पनि जारी छ | पृथ्बी बाहिर मानब बस्ती बसाउनको लागी अहिलेको जस्तो झन्झटिलो प्रक्रियाबाट सम्भब हुँदैन | त्यो बेला सहज प्रबिधिमै यात्रा गर्न मिल्ने अवस्था हुनु पर्छ | र त्यो प्रविधि आउने बेला सम्म सूचना प्रविधि पक्कै पनि बिकासको त्यो स्तरमा हुनेछ जहाँ पृथ्बीकै नेटवर्कले सजिलै स्पेसमा काम गर्ने छ | अनि त्यो बेला मानिसहरुको आवतजावत यति धेरै हुनेछ की अन्तरिक्षमा समेत पाँचतारे होटल हरु हुने छन् | हामि सायद गुरुत्वको कारण मात्र पृथ्बी र अन्तरिक्षको फरक छुट्टाउन सक्ने छौं | र सायद प्रविधि कै कारण त्यहाँ पनि कुनै प्रक्रिया बाट पृथ्वीकै गुरुत्व हुने अवस्था बनाइयो भने पृथ्बी र अन्तरिक्षको कुनै फरक हुने छैन |
मेरो सपना धेरैलाई अनौठो नलाग्ला तर भौतिक विज्ञानको बिद्यार्थीको नाताले यसबाट निकै उत्साहित बनेको छु | निकट भविष्यमा बिकास हुने प्रबिधी र यसबाट हुने सहजताको बारे कल्पनाले मात्र पनि मलाइ रोमान्चित बनाउँदै गएको छ | आशा छ हाम्रो जीवनकालमै हामीहरुले यो प्रविधिको प्रयोग गर्न सक्नेछौं |