सिन्डिकेट देखाएर जनता तर्सायो
नतर्सिने मयुरलाइ ढुङ्गा बर्सायो
लाखौ लाख ठगी खायो हाम्रो नाउँबाट
ठगिखाने सिन्डिकेटलाइ खेद गाउँबाट

नयाँ बस राजमार्गमा गुड्न नपाउने रे
उसको आदेसवाहेक कोहि कुद्न नपाउने रे
थोत्रो बस चलाउँछ नयाँ भनेर
गुन्द्रुक जस्तै मान्छे खाँद्छ सेवा भनेर

ब्यबसाही भन्छ तर लुटेरा छ रुप
यसको थेगो बनेको छ सकेजती लुट
सरकारलाइ थर्काएर वच्ने दाउ छ रे
अझै लुट्न पाउ भन्ने नारा लाउँछ रे

सिट यति साँघुरो कि घुँडा धसिन्छ
बर्खामास गाडिभित्रै पानी बर्सिन्छ
अब कति सहनु यिनको अत्याचार
सिन्डिकेटी लुटेरालाइ पार नांगेझार

मौका यहि हो जनता अब नडराउ
दुई तिहाइको सरकार तिमी खुट्टा नकमाउ
अब आवाज उठाउनु छ सहर गाउँबाट
लुटतन्त्रको अन्त्य गरौँ आफ्नो ठाउँबाट