उदाहरण एक
एउटा बालकले आफ्नो बुवालाइ प्रश्न गर्छ, “बुवा, त्यो रामे अंकललाइ किन छुट्टै खान दिएको?” बुवाले बुझाउन
खोज्छ, “उ तल्लो जातको हो, उसले छोएको पानी हामीले खाँदैनौँ । “
“अनि,उहाँसँगै आउनुभएको अंकल त भित्रै आउनु भयो त?”
“ए, त्यो त हाम्रै जातको हो नि बाबु।“
“अनि फरक जातको मान्छे घरमा पस्न नहुने तर सँगै हिड्न हुने पनि हुन्छ
त?”
“तिमी सानै छौ, अहिले बुझ्दैनौ, पछि बुझ्छौ के”
हो यस्ता प्रश्न हरेक बालकको मनमा जन्मिन्छन । कतिपय बालक पछिसम्म
जातपातको पहरेदार बनेर उभिएलान, कतिपय बिरोधमा आवाज उठाउलान।
जो जातको बिरोधमा आवाज उठाउने प्रयास गर्छ, उसको मुख थुन्न पहिला
चारपाटा मुढेर भगाउनु पर्थ्यो होला, तर अहिले सजिलो छ । उसलाइ कृश्चियन भएको वा
बिदेशीको पैसा खाएको भनेपछि, जातीब्यबस्था को बारेमा केहि सन्देह भएको मानिस समेत
उसको कुरा सुन्न छोडिदिन्छ ।
उदाहरण दुइ
सामाजिक शिक्षाको कक्षामा एक बिद्यार्थीले सोध्छ, “सर, नेपालले
अहिलेसम्म बिरताको इतिहास कायम गरेको भए किन सुगौली सन्धीमा आफ्नो जमिन गुमाएको?”
शिक्षकसँग यसको उत्तर हुँदैन । उसले केहि बनावटि उत्तर दिन्छ । तर
बिद्यार्थी सन्तुष्ट हुन सक्दैन । उसले इतिहासको अध्ययन सुरु गर्छ। र थाहा पाउँछ,
हामीलाइ सिकाइएको इतिहास, शासकको पक्षमा लेखिएको इतिहास हो र इतिहास र परराष्ट्र
सम्बन्धका कुरा शासकले चाहे अनुरुप लेखाउने गरेका छन ।
तर उसले यो कुरा कसैलाइ सुनाउन पाउँदैन किनकी उसको बिचारलाइ सुरुमै
बिदेशी दलालको उपमा भिराइसकिएको हुन्छ ।
सुचना प्रबिधिको बिकाससँगै, पहिले जस्तै नागरिकले के सिक्ने के
नसिक्ने भन्ने कुरा राज्यको नियन्त्रण बाहिर गइसकेको छ । त्यसैले पहिले जस्तै
राज्यले नागरिकले के जान्न पाउने र नपाउने भन्ने नियन्त्रण गर्न सकेको छैन ।
त्यसैले राज्य पहिले भन्दा आतंकित छ । अंग्रेजी भनाइ “Information is
power” ले
भनेजस्तै आणविक बमहरुले भन्दा ठुलो क्षती अहिले सुचना प्रबिधीले गरेको छ । र त्यो
क्षती कम गर्नको लागी आफु प्रतिकुल आउने सुचना वा ज्ञानलाइ अस्तित्वमा आउन बाट
रोक्न आबश्यक हुन्छ । त्यसको सबैभन्दा सजिलो र
प्रभावकारी उपाय नै , त्यो बिचार कसैको प्रायोजन हो भनेर प्रचार गर्नु हो
भनेर राज्यले राम्रोसँग बुझेको छ ।
यस्ता उपक्रमले बहस अन्त्य होलान तर बिचार चाहीँ अन्त्य हुँदैनन । बरु
बिचार बोक्नेहरु बिचको दुरी बढेर जान्छ ।यसले तत्कालको लागी समस्या समाधान भएजस्तो
देखिएला तर दिर्घकालिन रुपमा झन ठुलो सामाजिक द्वन्द निम्ताउन सक्छ । त्यसैले यसको
र उसको दलाल वा यसको र उसको पैसा खाएर
लेखेको वा बोलेको भन्नु भन्दा पनि संबाद र
अन्तरकृयाको थालनी गरौँ । र सत्यको खोज गरौँ । आखिर संस्कृतमा भनाइ नै छ “बादे
बादे जायते तत्वबोध”
0 Comments