बेश्याको छोरीले एक दिन आमालाइ सोधी। 
"आमा तपाइँ के काम गर्नुहुन्छ"
आमाले भनी, " छोरी म ठुला ठुला मान्छेलाइ खुसी बनाउने काम गर्छु"

त्यसको केही दिन पछि चुनाब जितेर ठुला नेताजी आए र भाषण गर्दै भने
"आज म धेरै खुसी छु......."
नेताजीको खुसीमा बेश्याकी छोरी पनि औधी खुसी देखिन्थी । नेताजी घुम्दै उसको नजिक आएको बेला खुसी हुँदै उसले भनिहाली " अंकल, तपाइँ मेरो आमाको कारण खुसी हुनुभएको हो?"
नेताजी बोले " हो नानी तिम्रै आमाले गर्दा म खुसी भएको "
यो सब देखिरहेकी  फुच्चीकी आमा निशब्द थिइन ।