उ राती जम्मा  चार घन्टामात्र सुत्छे । बिहान हतार हतार उठ्छे अनि एकबर्षे छोराको लागी जाउलो बसाउँछे । चिया बसाउन खोज्छे तर त्यतिबेला नै उसको छोरा बिस्तराबाट बामे सर्दै वरसम्म आइपुग्छ । खाटबाट खस्ला भनेर हतारहतार छोरा समाल्न पुग्छे । यतिबेला उसको चिया उम्लेर आधा पोखिइसक्छ । चिया पिउने भनेर कप हातमा लिन्छे, छोराले लात्तीले हानेर कप भुइँमा खसाइदिन्छ । फेरि चिया बसाउन मन लाग्दैन । परिवारलाइ खाजा बनाउने हो या छोराको दिसा सफा गर्ने हो , उ सोच्न पनि सक्दिने । दिसा सफा गरिसक्दासम्म, समयमा चिया नास्ता नपाएकोमा परिवारबाट खप्कि सुरु भइसक्छ । छोरो यता र उता दौडिरहन्छ, दौडेको छोरोलाइ समाउन जाँदा यता तरकारी डढिसकेको हुन्छ । त्यहि डढेको तरकारी खान समेत छोरो सुत्ने बेलासम्म कुर्नुपर्छ, जतिबेला सम्म एक बजिसकेको समेत हुन सक्छ । त्यसपछी छोराको कपडा सफा गर्ने हो कि छोरालाइ लिटो तयार पार्ने हो, या खाजा बनाउने हो, उसले सोच्न समेत सकेकी हुन्न । तर पनि खै कुन तागतले हो उसले सबै काम समपन्न गरिसक्छे । परिवारका सदस्यलाई खाजा बनाउँदै गर्दा छोरो लड्छ । पुरै होसियारि अपनाउँदा पनि छोरो लड्दा उसलाइ बेहोसि र छोरोको ख्याल नगरेको आरोप लाग्छ । तर यति हुँदा पनि उ सहेर बस्छे । किनकी उ आमा हो