नेकपा बिबाद उत्कर्षमा छ । तमाम नेकपा कार्यकर्ता मात्र होइन नेकपालाइ समर्थन गर्ने वा बिरोध गर्नेहरु समेत यो घटनाक्रमलाइ नजिकबाट नियालिरहेका छन । नेकपा बिभाजन होस भन्ने बिरोधीको चाहना त पक्कै छ , नेकपा भित्र नै पार्टि बिभाजनको तयारी गरिरहेको प्रस्ट बुझ्न सकिन्छ ।

मान्नुहोस नमान्नुहोस, संख्याको आधारमा  नेपालमा कम्युनिस्टहरु सधै अगाडी रहे । तर तिनिहरुको फुटको फाइदा सधै काङ्ग्रेसले लिइरह्यो । तर काङ्ग्रेसको  सत्तामोह र असफल नेत्रित्वको कारण देश लामो समयसम्म अस्थिरताको भुमरीमा फसिरह्यो  । जब एमाले र माओबादी एक भएर चुनाबमा गए, जनताले आफ्नो बामपन्थी झुकाब र स्थिरताको चाहना एकैपटक प्रस्तुत गरे ।  गठबन्धन अत्याधिक बहुमतका साथ बिजयी भयो ।

यो गठबन्धनप्रती मेरा आफ्नै असहमती थिए र छन । उग्रराष्ट्रबादको आडमा असम्भव सपना बोकेर सत्तामा जान ठिक्क परिरहेको तत्कालिन एमाले र माओबादी नेतृत्वबाट मलाइ धेरै आशा पनि थिएन । तर लोकतन्त्र र उदारबादका सिद्धान्तमा आस्था राख्ने मैले त्यत्रो ठुलो जनमतले पत्याएको नेतृत्वप्रती संका गर्न मिल्दैनथ्यो ।

नेकपा नेतृत्व चुनाबमै संबेदनशिल थिएन ।  कतिपय जिल्लामा ठुलो संख्याले जित्ने पुर्वआंकलनका बिच हजार मत आउने राजधानीबासीलाइ महत्व नदिइएका कुरा सतहमा आउँदै थिए । निर्बाचनमा एकएक मतको महत्व हुनुपर्नेमा चुनाबमा जितिन्छ भन्ने हुँकार र अहंकारले यो गठबन्धनले जनमतको सम्मान गर्ला र भन्ने सन्देह पैदा गरेको थियो ।

जे होस, चुनाब भयो, पार्टी एकिकरण भयो । ओली सरकार सोचेभन्दा निकै कमजोर सावित भयो । कोरोना ब्यबस्थापनमा नराम्रोसँग चुक्यो, भ्रष्टाचारको अभियोगमा समेत मुछियो । तर यसका बाबजुत, अहिलेको बिबादले पार्टि बिभाजन वा सरकार परिवर्तन तर्फ राजनीतिक यात्रा मोडिनु खतरनाक हुने छ ।

नेपाल पटकपटक सरकार परिवर्तनको चपेटामा परिरहेको अबस्थामा यो पटक केहि स्थिरताको आशा गर्न सकिएको थियो । बाबुराम भट्टराईले निरन्तर प्रत्यक्ष निर्वाचित कार्यकारीको निरन्तर माग गर्नुको पछाडी यहि अस्थिरता नै थियो । तर प्रष्ट बहुमत प्राप्त सरकार समेत सत्तालिप्साको चपेटामा फस्नु भनेको राम्रो संकेत पक्कै होइन । यसले हाम्रो राजनीतिक संस्कृतीको उजागर समेत गरेको छ । यदी यो पटक सरकार परिवर्तनको प्रयास सफल रह्यो भने के निस्कर्षमा पुग्न सकिन्छ भने नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी समेत शक्ती सन्तुलनको लागी राखिने महाभियोगको चपेटामा फस्छन । सत्ता लिप्सा र लालसा यति बलियो हुने छ कि हरेक पल आफै कार्यकारी हुनुपर्ने मनोविज्ञानको बिच निरन्तर सत्ता परिवर्तनको खेल प्रगाढ हुने छ।

कोरोना महामारीको बेलामा स्थापित सरकार नै ब्यबस्थापनमा चुकिरहेको छ । यो सरकारलाइ यो बेला खबरदारी गर्न सकिन्छ तर मोर्चा छोडेर जा भन्न  पक्कै सकिन्न । यदि नयाँ सरकार बनिनै हाल्यो भने पनि प्रधानमन्त्री नियुक्त हुन नै एक हप्ता र त्यसपछी अन्य मन्त्रीको भागबन्डा मिलाउँदासम्म एक महिना जाने निश्चित छ । यस्तो सम्बेदनशिल समयमा एक महिना गुमाउनु निकै खतरनाक हुने छ । कोरोना कहर पछाडि सरकारको गुण दोषको खोजी गरौँला, मुल्यांकन गरौँला,र चुनाबमा निर्णय गरौँला, तर अहिले यहि सरकारलाइ काम गर्न दिनै पर्दछ

अर्को तर्फ पार्टि बिभाजनले कसैलाइ फाइदा पुग्छ भने त्यो काङ्ग्रेस हुने छ । दुइ बिभाजित घटक एक अर्कालाइ खुइलाउन सुरु गर्दा त्यसको फाइदा काङ्ग्रेसलाइ गए पनि, उसको अकर्मण्य नेतृत्व देशको लागी झन घातक हुने छ । सत्र पटक सम्म प्रधानमन्त्री हारिरहन सक्ने रामचन्द्र, सात पटक प्रधान मन्त्री हुन्छू भन्ने देउबा प्रबृती देशको लागि त पिडादायी हुने नै छ,  सत्ता लिप्साको कारण उनिहरु पनि बिभाजनमा जाने छन । र देश झनै ठुलो भुमरीमा फस्ने छ।

बाबुराम अहिले पनि राम्रो सम्भाबना बोकेका नेता मानिन्छन । तर पार्टी बिभाजनपछाडी उनी तत्काल देशको कार्यकारी हुने सम्भावना देखिदैन । यो लेख्नुको आशय के हो भने, देशको नेतृत्च लिने अबस्थामा पुग्न सशक्त दलको आबश्यकता पर्दछ । भिजन र एक्सनमा बलियो देखिएका बिबेकशिल, साझाहरुको संगठन कमजोर छ । जसपामा बाबुराम छन, यो पार्टी रास्ट्रिय पार्टि बन्ने होडमा छ तर जनताको आँखामा अहिले पनि यो पार्टी क्षेत्रीय दलंभन्दा माथी उठेको छैन । त्यसैले यि दलबाट भिजनरी नेत्रित्व स्थापित हुने कुरामा बिस्वाश मान्ने आधार छैन ।   नेकपामा अहिले पनि देश हाँक्न सक्ने दुरदर्शी नेताहरु छन । पार्टी बिभाजन भयो भने सायद उनिहरु देशको नेतृत्व लिने तहमा कहिल्यै आउन पाउने छैनन। सानो दलमा रहेर राज्यसत्ताको स्टेयरिंङ लिन कति गार्हो छ बाबुरामलाइ हेरे हुन्छ । त्यसैले दोस्रो पुस्ताका नेकपाका नेताहरु, सुदृढ र रुपान्तरित नेकपाको निर्माण गर्नतिर लाग्नै पर्छ ।