सबै कुरा बेहाल छ यहाँ
न सुर छ न ताल छ यहाँ

जनता झन पिल्सिदै छन
नेता त मालामाल छ यहाँ

देशै नरहने हो कि त्रास बढ्दै छ
राष्ट्रघाती महा जाल छ यहाँ

लोकतन्त्रको नाम मात्रै छ
उहि पुरानो चाल छ यहाँ