सिमारेखा रातारात सर्दा मन दुखेन र
ठुल्दाइका नजर यता पर्दा मन दुखेन र

हाम्रो भुगोल हाम्रो माटो हाम्रै सिमा भित्र छिरी
एसएसबीले आइ गस्ती गर्दा मन दुखेन र

एक होइन अनेक जाल फिजाउदै छन भन्ने सुन्छु
देशै जालमा पार्ने चारो छर्दा मन दुखेन र

स्वाभिमानी नेपाली बिरका सन्तान उठ अब
हाम्रो जमिन सोझै उसले हर्दा मन दुखेन र