ब्लग प्रयोगकर्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ता मित्रहरु
देश आज अत्यन्तै कठिन परिस्थितीमा पुगेको छ। सरकार र माओबादीको आआफ्नै हठको कारण देश मुठभेडतर्फ अघि बढ्दै गइरहेको छ। त्यसैले हाम्रो भुमिका पनि नयाँ र कठिन बन्दै जाने सम्भाबना बढ्दै जाने निस्चित छ। यो परिस्थितीमा नेपाली ब्लगर को इतिहासमा ध्यान दिनु आबस्यक छ। शाही कालमा नेपाली मिडिया ले असहज परिस्थिती को सामना गरेको बेलामा बैकल्पिक सुचना को रुपमा ब्लग ले प्रबेश गरेको थियो। र त्यतिबेला ब्लग अत्यन्तै लोकप्रियता हासिल गरेको थियो। जनआन्दोलन को सफलता पछि ब्लगिङ ले आफ्नै छुट्टै बिधाको रुपमा पहिचान बनाउनै गयो तर समाचार का अन्य संस्थागत संरचना सँग को संघर्षमा ब्लग पछाडि पर्यो। पछिल्लो समयमा फेसबुक ट्विटर लगायत का सामाजिक संजाल को प्रभाब पनि असाध्यै बढेको छ। बिशेष गरि ब्यक्तिगत भावना प्रकट गर्न ब्लग र सामाजिक संजाल ले उत्कृष्ट भुमिका खेलेका छन
देश मुठभेड तर्फ बढ्दै जाँदा मिडिया प्रतिको हस्तक्षेप को संभाबना अस्विकार गर्न सकिदैन। बिशेष गरि माओबादी हिँसात्मक आन्दोलन मा जाने तयारी गरिरहेको छ। पहिल्यै देखि स्वतन्त्र सञ्चारमाध्यम प्रति उसको दृष्टिकोण सकारात्मक छैन। त्यस अर्थमा आन्दोलन ले उचाइ लिदै गयो भने माओबादी सञ्चारमाध्यम माथि नियन्त्रण गर्न सक्ने छ। अर्को तर्फ माओबादी आन्दोलन दबाउन को लागि सरकार पनि सञ्चारमाध्यम नियन्त्रण को कुचेष्टा गर्न सक्छ। दुबै अतिबादी को तारो बनेपछी सञ्चारमाध्यम को अभाब पुर्ति गर्ने बैकल्पिक उपाय पुन ब्लग तथा सामाजिक सञ्जालको काँधमाथी आउने छ। सँस्थागत संरचना को अभाबमा त्यो जटिल र एक पक्षिय हुने खतरा रहे पनि केही मात्रामा भएपनि त्यसको पुर्ति भने हुन सक्ने छ। अर्को तर्फ देशभरीका प्रयोगकर्ताले पठाएको समाचार पढेर सञ्चारभाध्यमको अभाब पनि केहि हद सम्म पुरा हुनेछ। आशा गरौँ देश त्यो दिशामा नजाओस तर पनि त्यो जिम्मेबारी को तयार रहन सबैसँग हार्दिक अनुरोध छ।