.हरेक बिहान म प्रात भ्रमण मा बाहिर निस्कने गर्छु ।  यसको उद्देस्य भनेको ताजा हावा लिनु र स्वास्थ्य को लागि समेत हो ।   यसरि नै धेरै व्यक्ति हरु  बिहान बाटोमा निस्कने गर्छन  । तर कति पय व्यक्ति हरु भने बिहान को सुमधुर समय मा समेत चुरोट उडाएर हिडेका हुन्छन । बिहान ताजा हावा लिन निस्कने मा बिचरो चुरोट को धुवा खाएर आउन बिबश हुन्छु ।
अझ काठमाडौँ  का अधिकांस चिया पसल हरु चुरोट पसल भन्दा फरक पर्दैन । चुरोट को धुवा मा डुबेन भने त्यो चिया पसल नै हुदैन जस्तो लाग्छ । हो मानिस ले आफुले चुरोट खान पाउछा   । तर त्यसो भन्दै मा चुरोट नखाने मानिस लाई असर गर्ने गरे भने खान पाउदैन होला । यदि अलिकति सचेत बन्ने हो भने बाटो या चिया पसल मा चुरोट नखाने हो भने कम्ति  मा चुरोट नखाने मानिस लाई असर पर्दैन थियो कि? र मजस्तो धुमपान नगर्ने मानिस चुरोट को धुवा बाट बच्थे कि!