समाज बिज्ञान को नियम अनुसार समाज ले जहिले पनि सोशक र सोषित वर्ग निर्माण गर्ने गर्दछ  त्यस क्रम मा उत्पन्न हुने सोषित वर्ग का बिद्रोही तप्का लाई सोशक वर्ग ले विभिन्न उपमा दिएर तमाम् जनता सामु भ्रम खडा गर्ने गर्दछ ।यसैका एक उदाहरण हुन ओसामा बिन लादेन ।
लादेन कुनै अनौठा पुरुष होइनन। उनीलाई लादेन बनाएको अरु कसैले होइन उही अमेरिका ले नै हो। तत्कालिन सोवियत  समाजबाद लाई पतन गराउन  अमेरिका ले अरब विश्व लाई राम्रै प्रयोग गरेको थियो। त्यसैका एक मोहरा थिए लादेन  पनि । तर जब त्यस घृणित कार्य को समाप्ति भयो ओसामा अमेरिका का लागि अनाबश्यक साबित भए अनि बल्ल ओसामा ले अमेरिका को नियत राम्रो संग बुझे र सुरु भयो उनको अमेरिका बिरुद्द को संघर्ष ।
कतिपय ले उनको संघर्स लाई धार्मिक भएको र उनको कदम गलत भएको बताउछन।  हो उनको लक्ष्य ठिक भए पनि बाटो सहि थिएन होला तर सोषित वर्गले उठाउने नै आफुसंग जे छ त्यो हो ।यदि  वर्ग संघर्ष को दीक्षा भएको भए सायद उनीहरु कम्युनिस्ट हुन्थे होला अनि हिप्पी दर्शन भेटेको भए हिप्पी हुन्थे होला तर उनि हरु इस्लाम दर्शन बाट प्रभावित थिए र उनीहरु को हतियार नै त्यहि थियो  तर सार मा त्यो साम्राज्य बाद बिरोधि संघर्ष को प्रतिरुप थियो चाहे त्यो जुन रुप बाट उठेको होस।
तर रमाइलो कुरा हिजो ओसामा लाइ जुन रुप मा सोभियत को बिरुद्द प्रयोग गरियो त्यसरी नै उनको अन्त्य को लागि पनि अमेरिकी हरु ले अत्यन्त घृणित तवर ले गरे। संसार को अगाडी आतंककारी को बिल्ला भिराएर दुस्प्रचार समेत गरे तर भर्खर भर्खर विलिलिक्स ले बतायो सच्चाई मा को हो आतंककारी ।
सक्ने भए त जुलियन असंज लै पनि सिद्ध्याउने थिए होला तर उनि अहिले उनि अमेरिका को लागि निल्नु न ओकल्नु भएका छन्।
अन्त्य मा ओसामा को अन्त्य नै अमेरिका बिरोशी युद्ध को अन्त्य होइन सन्सार मा हजारौ ओसामा जन्मिने छन् र जिबन शर्मा ले भने झैँ
होसियार सोशक हरु हामी डर दैनु
सयौ देश मुक्त हुन्छन हामी हार्दैनौ
भन्ने कुरा सत्य साबित हुने छ
अन्त्यमा ओसामा लै हार्दिक श्रद्दान्जली