आज आफ्नै ब्लग लेखन को पुराना तर रमाइला क्षणहरु  सम्झिन मन लागेको छ
मेरो रिपोर्ट ले यो हप्ता को लागि ब्लगर को रुपमा घोषणा गरेपछी आफ्नै पुराना दिन हरु सम्झिने कोशीस गर्दै छु|
पहिले मेरो ब्लग म जन्म
२०६२ तिर को कुरा|नेट चलाऊन भर्खर भर्खर सिकेको अवस्था| आफ्नै वेबपेज भए नि हुन्थ्यो भन्ने चाहना| त्यती बेला चर्चित याहू को जिओसिटिज चलाऊथे। आफ्नै वेब बनेको भनेर खुशी भएको हिजो जस्तो लाग्छ। तर त्यती बेला राजा ले शासन हातमा लिएपछी केही ब्लग हरु चलेको सुनेको थिए। त्यती बेला कान्तिपुर एफएम मा शनिबार बज्ने साइबर टाइम भन्ने कार्यक्रम खुब सुन्थे। त्यही कार्यक्रम मा पहिलो पटक ब्लग को बारेमा सुनेको हो मैले। अनी एउटा ब्लग  दर्ता गरें। त्यस्मा त्यती बेला का जल्दा बल्दा कवी  अर्जुन पराजुली, ब्यङ्ग्यकार  मनोज गजुरेल का लेख राख्ने गर्थेँ। तर पछी त्यो ब्लग हरायो। तर ब्लगिङ गर्ने जोश चाँहीं बाँकीं नै थियो। त्यसै क्रम मा यो ब्लग आयो।
१२ डलर
मैले ब्लग लेख्न सुरु गर्दा एक जना अर्कोसाथी लाई पनि यस्मा प्रेरित गरेको थिएँ। पछी उनले  अर्को ब्लग लेखेर  राम्रो आम्दानी गरिरहेको साथी फेला पारेछन। अनी त रातारात उन्को ब्लग झकिझकाउ भएको। मैले कसरी यस्तो बन्यो भनेर सोध्दा उन्ले १२ डलर लाग्छ बनाउने भए बनाउ भने। तर मेरा अर्का साथी ले उन्कै ब्लग मा गएर कोड हेरेर आफ्नो ब्लग मा राखेको देखे अनी बल्ल थाहा पाएँ कसरी डिजाइन बन्छ भनेर ।
संबैधानिक सम्बाद केन्द्र को दिनभर को बसाइ
अली अली डिजाइन जानेपछी ब्लग लेख्ने र रङ्गाउने सनक चढ्न थाल्यो तर त्यती बेला नेट को खासै सुबिधा थिएन। तर संबैधानिक सम्बाद केन्द्र भर्खर खुलेको थियो र फ्री मा नेट चलाऊन पाइन्थ्यो। मेरो काम भनेकै दिनभर त्यहाँ जाने र ब्लग चलाऊने मात्रै थियो। एउटा रिड मोर लिन्क राख्न तीन दिन लागेको अवस्था थियो त्यो। पछी बिस्तारै बिस्तारै सबै सिक्दै गएँ र ब्लग पनि कपी पेस्ट बाट परिवर्तन भएर आफ्नै लेख ले भरिन थाल्यो।
मोबाइल ब्लगिङ
मेरो ब्लग लेखन को स्वर्ण समय मोबाइल ब्लगिङ मा बितेको छ। संबैधानिक सम्बाद केन्द्रमा नेट चलाऊन दिन छाडेको अवस्था थियो भने  साइबर बाट ब्लग लेख्न सम्भब थिएन। तर मेरो मोबाइल मा नेट भएको ले मैले मोबाइल बाटै ब्लग लेख्न थालें। त्यती बेला कम्तिमा दिनको एकवटा पोस्ट गरेकै हुन्थे। त्यस बेला नै नेपालका नामुद ब्लगर हरुसँग समेत संपर्क हुन थाल्यो। तर त्यसमा पनि प्राबिधिक समस्या आएपछी मेरो ब्लग लेखन सुस्ताउन पुग्यो।

सुधारिएको अवस्था
मोबाइल बाट लेख्न छाडेको अवस्था आएको थियो र ब्लग लेख्ने रहर नि बाँकी नै थियो। त्यसैले मेरो ब्लग लेखाइ पुरै फेरियो। धेरै अध्ययन गर्ने र थोरै लेख्ने प्रयास थालें। जेहोस् मेरो लागि प्रतिकुल अवस्था मा समेत ब्लग लाई जीवितै राखेको मा आँफैसँग गर्ब लाग्छ।
नयाँ अठोट
अहिले मा ब्लग लाई कसरी अझै प्रभाबकारी बनाउने भनेर सोच्दै छु। कस्तो लेख्ने अनी कस्तो पाठक लाई केन्द्रित गर्ने भनेर समेत सोच्दै छु। यसै क्रम मा मेरो रिपोर्ट मा साताको ब्लगर हुन पाउँदा अझै जिम्मेबारी बधेको जस्तो लगेको छ साथै जोश समेत बढेको छ। तर मेरो ब्लग यात्रा जरी रहने छ।