शिक्षा के हो र यसको प्रदायक को हुने । यो प्रश्न एउटा सदाबहार प्रश्न हो नेपालको लागी । बिशेष गरेर नीजि बिद्यालयको औचित्यमाथी सन्देह उठाउनेहरुको ठुलो समुहले शिक्षा पुर्णत राज्यको जिम्मेवारी हुनुपर्ने माग राखेको देखिन्छ । पछिल्लो समयमा कोरोना कहरको कारण लामो समयसम्म बिद्यालय बन्द रहेको अबस्था तथा  यसैबिचमा नीजि बिद्यालयले शुल्क मागेको प्रसंगलाइ लिएर यो बहस फेरि सतहमा आएको छ । नीजि बिद्यालयमा लामो समय शिक्षण गरेको अनुभवको आधारमा नेपालमा नीजि बिद्यालय र यसको औचित्यको बारे उठ्ने गरेका केहि प्रश्नको बारे यहाँ लेख्ने प्रयास गरेको छु ।

हाल देखिने गरेर नेपालमा  दुइ प्रकारका बिद्यालय छन । सरकारको प्रत्यक्ष लगानी रहेका सार्बजनिक बिद्यालय अनि नीजि क्षेत्रको ब्यबस्थापनमा चलेका  बिद्यालय । सार्बजनिक बिद्यालयमा सरकारको अरबौँको लगानी छ, रोजगारको स्थायीत्व रहेको शिक्षक संयन्त्र छ। निरन्तर तालिमको ब्यबस्था छ, सेवापछीको समेत सुनिस्चितता छ । एउटा आदर्श कर्मचारीतन्त्रको सबै बिशेषता त्यहाँ छ । अर्को तर्फ, बैंकको ऋण लिएर वा दुखजिलो गरेर बचाएको पैसाले खोलेका नीजि बिद्यालय छन, जसमा रोजगारको कुनै दिर्घकालिन भरोसा छैन । बृत्तीबिकासको कुनै सम्भाबना छैन, एउटा नीजि बिद्यालयको  शिक्षक भनेर ढुक्कसँग शिर
उठाएर भन्ने अबस्था समेत छैन।<

नेपालको शिक्षाबारे नबुझेको कुनै ब्यक्तीलाइ यति मात्र तथ्यांक दिनेहो भने उसले सजिलै नेपालको सार्बजनिक बिद्यालय अब्बल रहेको निचोड निकाल्छ । तर अबस्था ठिक उल्टो छ। एकातिर दिनदिनै सार्बजनिक बिद्यालयको गुणस्तर खस्किँदो छ भने नीजि बिद्यालयहरु निरन्तर राम्रो नतिजा निकाल्न सफल देखिन्छन ।

हो, नतिजाले मात्र  शिक्षाको गुणस्तर मापन गर्न सक्दैन । राम्रो अंक ल्याएको कारणमात्र उत्कृष्ट नतिजा दिएको भन्ने कुरा पक्कै नहोला। तर नतिजा बाहेकका हरेक  पक्षमा समेत नीजि बिद्यालय अब्बल देखिँदै आएका छन । शिक्षाबिद, राजनीतिकर्मी देखि धेरैलाइ थाहा नहोला थुप्रै नीजि बिद्यालयहरुले धेरै पहिले देखि प्रबिधिमैत्री शिक्षा प्रदान गर्दै आएका छन । स्मार्ट बोर्ड, भर्चुअल क्लासरुम लगायतका नवीनतम उपागमहरुको प्रयोगमा नीजि बिद्यालयहरु धेरै अगाडि बढेका छन । जतिबेला सरकारी शिक्षकहरु आफुले अनलाइन पढाउन नसक्ने र त्यसको लागी तालिम चाहिने भनेर भन्दै थिए, नीजि बिद्यालयहरुले अनलाइन सिकाइ सुरु गरिसकेका थिए ।  बिभिन्न अतिरिक्त क्रियाकलापदेखी धेरै पक्षमा नीजि बिद्यालयका बिद्यार्थी अब्बल छन । यिनै कारंण त हो सामुदायिक बिद्यालयका शिक्षकका सन्तान समेत नाम चलेका नीजि बिद्यालयमा अध्ययन गरिरहेका छन।

स्थायी नियुक्ती पाएर जीवन नै शिक्षणमा सुम्पिने गरेका सार्बजनिक बिद्यालयका शिक्षक भन्दा नीजि बिद्यालयले राम्रो नतिजा निकाल्नुको कारण, उनिहरुको रोजगारीको भबिष्य प्रत्यक्ष रुपमा उनिहरुको कार्यसम्पादनसँग जोडिनुलाइ मान्न सकिन्छ । साथै, नीजि बिद्यालय आफ्नो अस्तित्व जोगाइरहन पनि शिक्षाक्षेत्रमा उद्भव भएका नयाँनयाँ उपागमहरुलाइ कक्षाकोठामा प्रयोग गरिरहेका छन । जसले गर्दा नेपालको शिक्षाको गुणस्तरको इज्जत धेरथोर जोगिएको छ ।

तर यति भनिरहँदा के तर्क पनि आउँछ भने नीजि बिद्यालयले गर्दा दुइथरी शिक्षाको अबस्था बन्यो  ।  तर यथार्थमा हेर्दा नेपालमा दुइथरी मात्र होइन सयौँथरी शिक्षा पाउने अबस्था छ । एकातिर सहरमा ए ग्रेडका बिद्यालय छन भने सहरकै साना नीजि बिद्यालय समेत छन, जसको गुणस्तरमा आकाश पातालको फरक छ । सहरमा रहेका सार्बजनिक बिद्यालयको तुलनामा गाउँमा रहेका नीजि बिद्यालय कमजोर छन भने सहरका सुबिधासम्पन्न बिद्यालयको तुलना गाउँमा रहेका शिक्षकबिहिन सार्बजनिक बिद्यालयसँग तुलना हुनै सक्दैन । सम्भवत नीजि बिद्यालय बन्द गरिहाले पनि सहर र गाउँबिचको शिक्षाको खाडल पुर्न असम्भव छ। त्यसैले नीजि बिद्यालयले गर्दा देशमा  दुइ खालको शिक्षाको अबस्था बन्यो भन्नु नै ब्यबहारिक देखिदैन ।

नीजि बिद्यालयका आफ्नै समस्या छन । समयमा तलब खुवायुउन नसक्नु, यो वा त्यो नाममा शुल्क उठाउनु लगायतका बिकृती नीजि बिद्यालयसँग पक्कै छन ।  तर पनि राज्यले सार्बजनिक बिद्यालयको गुणस्तर सुधार्न नसकिरहेको अबस्थामा नीजि बिद्यालयको अस्तित्वलाइ  नकार्न पक्कै सकिँदैन । अझ, नयाँ सार्बजनिक ब्यबस्थापनको युगमा त नीजि बिद्यालयलाइ बन्द हुने अबस्थामा पुर्याउने होइन, बरु नीजि बिद्यालयले हासिल गरेको सिपलाइ समेत सार्बजनिक बिद्यालयमा प्रयोग गरेर गुणस्तर बढाउन लाग्ने बेला हो