पक्कै होइन । भौतिकसास्त्री मिसियो काकुले बिद्यालय पढ्दा घरमै एन्टिपार्टिकल बनाउने सफलता हासिल गरेका थिए । सायद हामी हाम्रो प्रयोगशालामा उपलब्ध नभएपनि घरेलु सामाग्रीबाट  पनि थुप्रै प्रयोग गर्न सक्ने थियौँ । तर बिडम्बना, बिज्ञान पढाइ हुने कलेजको प्रयोगात्मक कक्षामा सामान चलाउन ल्याबमा काम गर्ने सहयोगी दाइलाइ मात्र आउँछ।  बिभिन्न उपकरणको बारेमा सिकाउन पर्ने शिक्षकहरु किंकर्तब्यबिमुढ भएर बसेका हुन्छन । जसले गर्दा बिद्यार्थीले प्रयोगका बिभिन्न आयाम बुझ्न नै पाउँदैन । पछि ऊ नै शिक्षक बनेर कक्षामा पुग्दा उसले पनि त्यसैगरि केहि सिकाउन नै नसक्ने अबस्थामा हुन्छ । यसरी  एक पछि अर्को पुस्ता सैद्धान्तिक ज्ञानको भरमा पढिरहेका छन । त्यसैले सामान अभाव मात्र प्रयोगात्मक कक्षाको बाधक मान्नु गलत हुन्छ ।

यहि कमजोरिका कारण बिभिन्न समुहले फाइदा समेत लुटिरहेका छन । फ्रिमा डाउनलोड गर्न सकिने स्टेलेरियम होस वा भिआर बक्स देखाएर केहि घन्टामा बिद्यार्थीबाट हजारौँ शुल्क लिने गरिएको छ । र त्यो हेर्न पाएर स्वयम बिज्ञान शिक्षक समेत चकित पर्ने गरेका छन। यदि बिज्ञान शिक्षक आफैमा प्रयोगात्मक सिकाइमा अभ्यस्त रहेको भए यस्ता सामान्य कुरा दैनिक रुपमा कक्षामा देखाउन सकिने कुरा हुन । तर हाम्रो सिकाइ त्यो भन्दा निकै पर छ । त्यसैले प्रयोगात्मक सिकाइ अपनाउने हो भने पहिला शिक्षकलाइ यसबारे अभ्यस्त बनाउनु आबस्यक छ