यसलाइ त ज्युँदै जलाउनुपर्ने । बिहानैदेखि भाइरल भइरहेको यो फोटोमा देखिएको एउटा कमेन्ट थियो यो । मैले नाम सुनेकी तर कहिले फोटो  वा भिडियो नहेरेकी एक नारीको बारे लेखिएको त्यो कमेन्टले मन पोल्यो । अझ गाली बर्षिँदै थियो, भा*, लाज पचेकी यस्तै यस्तै ।

तिर्सना बुढाथोकीको उद्धेश्य के थियो वा भिडियोमा के थियो, त्यो बुझ्न मलाइ मन लागेन । उनले बोलेको कुरामा बिबाद भएको भए त्यो सुन्न आबश्यक हुन्थ्यो होला, तर उनले राष्ट्रिय झण्डाले सरिर बेरेको कारण मात्र गरिएको आलोचनाले चित्त बुझेन। यसबारे मेरा बिचार

झण्डा फगत एउटा टालो हो। जसलाइ थुप्रै मानिसले आफ्नो प्रतिक मान्दछन । जसरी भारतमा नोटबन्दीको कारण पुराना नोट अस्तित्वहिन भए, त्यस्तै अहिलेको प्रतिक मानिएको झण्डा पनि परिबर्तन हुन सक्छ । कुनै बेला नेपालको झण्डा हाल प्रयोगमा रहेको भन्दा ठिक उल्टो माथी सुर्य र तल चन्द्रमावाला थियो । अहिले कतै त्यो झण्डा प्रयोग भयो भने त्यो बिबादको बिषय बन्दछ ।

झण्डा मन्त्रीको गाडीमा सजाउने बिषय मात्र होइन । युरोपियन अमेरीकिहरु मात्र होइन जापानिज र चाइनिजसम्म झण्डा चप्पलमा समेत सजाउँछन । तर हाम्रो कानुनले भने मन्त्रीको गाडीमा  बाहेक झण्डा सजाउन निसेध गरेको छ । सबैले सहज रुपमा र सकेसम्म दैनिक प्रयोगमा समेत ल्याउने सामाग्रीमा समेत झण्डा प्रयोग गर्दा के नै बिग्रिन्छ र

सायद तिर्सनाले जितिन की ? हिन्दीमा एउटा कहावत छ । नाम हो बदनाम हो लेकिन गुमनाम ना हो । सायद उनले यस्तै बिबाद स्रिजना गरेर आफुलाइ चर्चामा राखिरहने प्रयास गरिन कि? सबैले इग्नोर गरिदिएको भए सायद उनको यो प्रयास बिफल हुन्थ्यो होला, तर अनाबस्यक बिबाद सृजना गरेको कारण त्यो झन शेयर भयो र उनलाइ कहिले नचिनेको मैले  समेत उनको बारे लेख्न बाध्य बनेँ