खके
यो कथा खक्ल्याक सोल्टीको हो । खके , जसको बारे हजारौं कुरा लेख्न सकिन्छ । म्यान्चेस्टर युनाइटेड , रियल म्याड्रीड, बायर्न, सेल्टिक, थ्री स्टार, सिएसकेए मस्को, नाडाल, तेन्दुलकर देखि कार्ल मार्क्स, मदन भन्डारी र बीपी कोइरालाको एकमुस्ठ फ्यान । अझ उगान्डाकोजर्सी लगाउने सायद एकमात्र नेपाली । ब्लु मुन वाला जर्सी लगाउने रेड डेभिल्स। डर्ट्मन्ड्को जर्सी लाउने बायर्न फ्यान। एसएलसीमा 85 प्रतिशत ल्याएर म्यानेजमेन्ट पढ्ने आँट भएको मान्छे । उसङ्गका केही प्रसंग ।
पकेटमा भेटिएको कागज : खके आफ्ना परिवार र साथीभाइहरुसँग जमघटमा थियो। यत्तिकैमा उसले पकेटमा हात हाल्यो। एउटा पेपर निस्कियो। पेपरको प्रकृती हेर्दा आइन्स्टाइनले सापेक्षताबादको थ्योरी लेख्न प्रयोग गरेको जस्तै कागज थियो। सबैको आँखा त्यहि कागजमा पर्यो। कतै केटोले न्युक्लियर बम बनाउने थ्योरी त ल्याएन। सबैलाई चासो थियो। तर खोलेर हेर्दा दुइ तिन वटा भुजा अनि कागजमा लागेको रातो रंग बाहेक केहि भेटिएन। सबैले न्युक्लियर बम भन्ठानेको बस्तु चटपटे खाएर पकेटमा हालेको कागज पो भैदियो। खासमा के थियो भने, खके र म पिपलबोट गएर चटपटे खाने गर्थ्यौ। त्यतिबेला सम्म चटपटे वालालाई कसैले कागज छरेर फोहोर नगर्नु भन्ने चेतना दिईनसकेको बेला थियो। हामी सहर सफा बनाउनुपर्छ भनेर लागिपरेका थियौं। जसको परिणाम थियो, चटपटे पोको पारेको कागज घरको डस्टबिनमा हाल्ने प्रतिबद्धता। यसमा चुक नहोस भनेर कसैले पेपर खसायो भने अर्को दिन उसैले पैसा तिर्नुपर्ने नियम बनाएका थियौं। अनि अन्जानमै पेपर खस्ला भन्ने डरले गोजीमा हाल्ने गर्थ्यौ। त्यहि पेपर सबैको अगाडी आएको थियो। यसै गरि थुप्रै दिनसम्म मेरै गोजीमा समेत त्यस्ता कागज रहे। कतिपटक पाटन क्याम्पस पुगेपछि मैले त्यस्ता कागज भेटेको छु। धन्न कसैले देख्न चाही देखेन। तर त्यो अभ्यासले मेरो जीवनमा एउटा सकारात्मक परिवर्तन ल्याइदिएको छ। अरुलाई सभ्यता सिकाउने होइन आफुले गरेर देखाउने भन्ने कुरा मैले त्यति बेला सिक्न पाएँ। खके बिना यो सिकाइ सम्भब हुने थिएन।
अर्को कथा छ ओभर कन्फ़िडेंसको। यो कथाको प्रभाब यति गहिरो छ कि यो पोस्ट लेख्नु अघि पनि मैले गूगल गरेर आएको छु। स्थान कालिकास्थान। पात्र खके म अनि प्रविन। लिभरपुल , म्यानचेस्टर युनाइटेड र आर्सनलका फ्यानहरु। प्रविन ब्रो , अर्थात सदाबहार आर्सनल फ्यान। आर्सनलले लिग नजितेसम्म नमोटाउने संकल्प गरेका मानिस। र तिनै प्रविन जसको खुसीको लागी फिफाको एक सिजन चिट हानी हानी सबै खेल मा जित सहित आर्सनललाई बिजेता बनाएर देखाएको थिएँ। तिनै प्रविनले कुरा निकाले विश्वकपको। अनि मेरो मन पर्ने खेलाडी स्वारेजको। स्वारेजले ह्यान्डबल नाइजेरिया संग गरेको भने उनले। मैले उनलाई सच्याउन खोजें आइभरी कोस्ट सँग हो भनेर। तर त्यो थियो घाना बिरुद्ध। जुन उदाहरण दिदै खकेले मलाइ जहिले जिस्कायो।
त्यो बेला अहिले जस्तो धेरै फेसबुक पेज थिएनन। मेरो आफ्नै नामको पेज थियो , पहिला सबैलाई फ्रेन्ड रिक्वेस्ट पठाएर दुइ हजार जति साथी बनेपछि पेजमा परिवर्तन गरिदिएको अकाउन्ट। रमाइलो कुरा त्यो पेजलाई फेरी अकाउन्टमा कन्भर्ट गर्दा पेज र अकाउन्ट दुवै अस्तित्वमा आए। एउटा त्यहि पेज थियो अनि अर्को रोहितको मैले पढाएर त्यो पास भयो म फेल भएँ यार भन्ने पेज। रोहित अर्थात पाटन क्याम्पस पढ्दा परिचय भएको दोस्त। जसले डार्क रुममा कहिले ब्राजिलको गीत बजाउथ्यो कहिले कम्बोडियाको। हामीले बुझ्ने भाषाको गीत किन हो उसले कहिले बजाएन। खैर रोहितलाई छोडौं। त्यो बेला घट्टेकुलो मा मलाइ लिजेण्ड अफ ट्रोल मेकिङ्ग भन्थे। कारण नेपालमा मिम संस्कृती आउनु अघि नै हामीहरु मिम बनाउथ्यौ। त्यसमा अधिकाम्स मिम खकेका हुन्थे। र फोटो पठाउने स्रोत थियो खकेकै साथी मरु मरु मरु मर्छुकी। यस्ता धेरै किस्सा छन्। सबै लेखेर कहिले पनि सकिन्न।
अझ त्यो पल, जसले मलाइ जीवनदर्शनको मेटामोर्फोसिस गराउदै थियो। अध्ययन र खोज अनि बहसको चर्को आबेगमा थिएँ म। बिकाशानंद , इस्कोन ,ओमशान्ती देखी कम्युनिस्ट पार्टीको प्रशिक्षण विद्यालयसम्म सहभागी रहेको पल। अनि अलि अलि जानेका कुरालाई सबै जानेजस्तो गरेर अरुलाई गफ दिएका पलहरु। तिनै सिकाइको पलहरुमा भेटिएको खके, जो मप्रति ऋणी छ, र मलाइ उसको जीवन बोध गराएको छान्छ उसलाई मात्र होइन उ जस्तै मलाइ आफ्नो मार्गदर्शक मानेकाहरुलाई यो अनुरोध हो। म आफै आफै सत्यको खोजीमा छु। मलाइ जुन मानिस देख्यो खकेले, त्यो मानिस आफुलाई त्यहि पलमा बिर्सेर अगाडी बढिसक्यो। ति दर्शन सिद्धान्त वा प्रयोगहरुलाई एक दुइ अपबाद बाहेक मैले आफ्नो जीवनको बाटोमा भेटिएको मोड मात्र मान्दछु। आज म एउटा मोडमा छु भोलि कतै हुनेछु। आज म एउटा कुरामा बिश्वास गर्छु भोली अर्कै कुरामा बिश्वास गर्न पुगिसकेको हुनेछु।किनकी म आफै निरन्तर खोजमा छु। त्यसैले एउटा समयमा भोगेका अनुभवको सार कसैलाई सुनाउदैमा र उसलाई त्यसले प्रभाब पार्यो भन्दैमा म उसको गुरु भएको कुरा स्वीकार गर्न असमर्थ छु। प्रिय सबिन भाइ, तिम्रो संगत परि थापाको छोरासँग थियो, तिम्रो परिवार आफ़ै राजनीतिक चेतनाले ओतप्रोत थियो, तिमि आफै सत्यको खोजमा यता उता गरिरहेका थियौ, अर्थात तिम्रो जीवन परिवर्तनमा तिमि आफै जिम्मेवार हौ।
0 Comments