तपाईँहरु निरन्तर लोकसेवाले लिने परि्क्षामा भाग लिनुभएको होला । दिनरात पढेर पनि सफल हुन नसकेको कारण परिक्षा नै छोड्ने मनस्थितीमा धेरै साथीहरु पुग्नुहुन्छ । म सबै कुरा त भन्न सक्दिन तर एउटा सल्लाह दिन चाही सक्छु । तपाईँले मरिमरि पढेर गएको कुरा नै परिक्षामा आयो , तर तपाईँले पढेको कुरा नै गलत भए के गर्नुहुन्छ? पत्यााउनुहोस नपत्याउनुहोस, बजारमा रहेका किताबमा कम्तीमा २५ प्रतिशत गलत कुरा पाइन्छ । कहिले सोच्नुभो लिच्छबीकालमा बुबा महाभारतको लडाईँ लडेको छ र छोराको पालामा बुद्ध नेपाल आएको तथ्यांक कतिको सहि होला । 
माथीको दुइ पुस्तक सामान्य ज्ञानको लागी प्रख्यात दुइ किताब हुन, जसमा मेची राजमार्ग र कोसी राजमार्गको लम्बाइ हेर्नुहोस त। कुन ठिक कुन बेठिक तिर नजाम, तर तपाइँले पढेको तथ्याङ्क यस्तै गलत भयो भने रातदिन पढेर पनि नाम निस्किदैन ।
यस्तोमा के गर्ने त ।सजिलो छ , पढेका हरेक डाटा ढुक्क नभएसम्म नघोक्नुस । सकेसम्म आधिकारिक तथ्याङ्क खोज्नुहोस । नेपालको लागी, नेपाल परिचय, आर्थिक सर्बेक्षण, तथ्याङ्क बिभागको वेेबसाइट वा मन्त्रालयको वेबपेज हेर्न सक्नुहुन्छ । अन्तरराष्ट्रिय तथ्याङ्कको लागी गुगल गरेर हेर्न सक्नुहुन्छ । तर सम्भब भएसम्म कम्तीमा दुइदेखी तिनपटकसम्म क्रसचेक गरेर मात्र बिश्वासमा पर्नुहोला्। 

यो पनि पुरै गलत छ