मकैको बोट

तिन महिनासम्म आकाश छुने गतिमा बढ्छ

चौथो महिना काटिन्छ

पिपल

बर्षौँ मेहनत गरेर उठ्छ

बर्षौँ अस्तित्वमा रहन्छ

अनि म

तिन महिनामा मकैजस्तो बढेर

पिपल जस्तो सदाबहार बन्ने

असम्भब प्रयत्न गरेर

हरेक बर्ष

काटिइरहेको छु

 ‌‌‌‌------------------------------------------------------------------------------------------------------

हरेक बर्ष आउँछ बाढि

र हरेक बर्ष बगाउँछ दुखीका झुपडी

बाढी पुग्ने ठाउँमा हुँदैनन खुसीहरु

तिनिहरु त सबैले भेट्न नसक्ने गरि अग्ला महलमा कैद हुन्छन

त्यसैले बाढिले बगाउँछ आँसुहरु

र बाढिले बनाउँछ आँसुहरु

सायद त्यसैले

समुद्रहरु नुनिला हुन्छन

 

 ‌‌‌‌------------------------------------------------------------------------------------------------------

धन्न डस्टबिनले फेसबुक चलाउँदैन

नत्र फोहर भरिएको फोटो राख्थ्यो

र लेख्थ्यो

फिलिङ्ग ह्याप्पी विद १०००० अदर्स

पहिलो कमेन्ट

किन ह्याप्पी

रिप्लाइ

मेरा साथीले जस्तै

आफुले राखेको  फोहरको फोटो

मैले राख्नुपर्दैन