• मासु सम्भवतः सबैभन्दा बढी रुचाइएको सबैभन्दा बढी विवादित खाद्य पदार्थ हो । संसारको सबै ठाउँमा कुनै न कुनै रूपमा मासु बाट बनेका परिकारहरु प्रयोग गरिन्छ । यसको उपभोक्ताहरु जति स्वाद मानेर मासुका परिकारहरु खाने गर्दछन् मांशाहार को विरोध गर्नेहरु त्यो स्वादलाई खल्लो बनाउने गरी यसको विरोध गर्दछन् । यो आलेखमा मांसाहार विरुद्धमा उठाइने गरेका केही दाबीहरु को विश्लेषण गर्ने प्रयास गरिएको छ । मांसाहार को विपक्ष मा गरिने पहिलो तर्क हो हाम्रो आन्द्राको लम्बाई शाकाहारी जनावरको आन्द्राको लम्बाई सँग मिल्दोजुल्दो हुनु।
प्रxकृतिमा पूर्णरूपमा मांसाहार गर्ने जनावरहरूको आन्द्राको लम्बाई र पूर्ण साकाहारी जनावरहरूको आन्द्राको लम्बाई फरक हुने गर्दछ । र मानव आन्द्रा शाकाहारी भोजनको लागि विकास भएको बुझ्न गाह्रो पर्दैन। तर अर्को तथ्य के पनि हो भने शाकाहारी जनावरले सजिलै पचाउन सक्ने शाकाहारी भोजन हरू जस्तै विभिन्न प्रकारका अन्न हरु वा गेडागुडी हरु समेत हाम्रो पाचन प्रणालीले पचाउन सक्दैन । यसले के कुरा इंगित गर्दछ भने हाम्रो पाचन प्रणाली केही हप्तासम्म शाकाहारी जनावरको भन्दापनि फरक भइसकेको छ । अब यसबारे थोरै विचार गरौं । प्रकृतिमा मानिस मात्रै आगोको प्रयोग गरेर खाना बनाउने गर्दछ। जब पहिलो पटक आगोको उपयोग हुँदैथियो , र मानिसले आगोको प्रयोगबाट मिठो खानेकुरा बनाउन सिक्दै थियो, त्यतिबेलासम्म उसको पाचन प्रणाली अहिलेको भन्दा बलियो थियो । प्रकृतिमा उपलब्ध हुने खानेकुराहरु जस्ताको तस्तै पचाउन उसले सक्थ्यो । तर जब आगोको प्रयोग बढ्यो, पाचन प्रणालीले गर्नुपर्ने केहि काम शरीर भन्दा बाहिर हुन थाल्यो। जसरी एउटा शाकाहारी जनावरले एउटा मकैको दाना सिंगै मिलेपनि, उसको पाचन प्रणालीले, त्यो दानालाई टुक्र्याउन सक्छ, आगोको प्रयोगले पनि, त्यसमा भएका रसायन हरुलाई, टुक्राएर नरम बनाउन सक्छ, जसले गर्दा पाचन प्रणाली त्यसलाई टुक्र्याउनुपर्ने बोझबाट मुक्त हुन्छ । यसरी लामो समयसम्म, आगोको प्रयोग हुँदै जाँदा, मानव पाचन प्रणालीले, आफूसँग रहेको यो क्षमता गुमाउँदै गयो । यसरी मानव आन्द्रा शाकाहारी जनावरको भन्दा फरक हुन पुग्यो । हाम्रो आन्द्रा काँचो मासु पचाउन असमर्थ छ, तर राम्रोसँग पकाएर वा पोलेर खाँदा, हाम्रो आन्द्राले त्यसलाई पचाउन गाह्रो हुँदैन । किनकि आगोको रुपमा हाम्रो शरीरको पाचन प्रणालीको एउटा अङ्ग हाम्रो शरीर बाहिर नै छ । मांसाहार विपक्षको अर्को तर्क हो, पशु मारेर खानु आफैंमा क्रुर कार्य हो । एक हिसाबले यो तर्क ठीक छ। तर,मांसाहार क्रुर होला कि डेरी जन्य उद्योग? यसमा बहस हुन सक्छ । तर मेरो बुझाइमा मांसाहार भन्दा डेरी जन्य उद्योग धेरै क्रुर हुने गर्दछ । एउटा गाई वा भैंसी, जसले आफ्नो बच्चाको लागि उत्पादन गरेको दूध,उसलाई नदिएर मानिसले प्रयोग गर्नु कति क्रुर हुन सक्छ? विचार गरौ त, कुनै एक महिलाको नवजात शिशुलाई कतै राखेर उसको दुध , निकालेर अरूले प्रयोग गर्दा उसलाई कति पीडा होला । के गाई र भैँसीले त्यो पीडा महसुस नगर्लान् र? कसैकसैले भन्ने गर्दछन्, हामीले गाई वा भैँसीको बढी भएको दूध मात्र प्रयोग गर्दछौं। तर प्रकृतिमा कुनै कुरा पनि धेरै भन्ने हुँदैन । दूध बन्न जति ऊर्जाको प्रयोग हुन्छ, त्यो धेरै भएर बग्ने अवस्था आउनु भन्दा प्रकृतीले त्यसलाई घटाउन आवश्यक ठान्छ । त्यसैले हामीले प्रयोग गर्ने दुग्ध पदार्थ, कुनै आमाले आफ्नो बच्चाको लागि उत्पादन गरेको पौष्टिक आहार हो । धेरै दूध उत्पादन गराउने नाममा त्यही पौष्टिक आहार बाट वञ्चित गराएर खोले समेत खुवाउने गरिन्छ । अब भन्नुस्, कुनै जनावरको हत्या गर्नु क्रुर कि, कुनै आमाको मातृत्वको हत्या गर्नु ।

Enter your email address:

Delivered by FeedBurner