टाउकोमा तिलचामले कपाल भएको 
दुई थान आँखा र दुई थान कान भएको 
एउटा नाक र एउटा मुख भएको
 दुई हात र दुई खुट्टा भएको
 प्रत्येक हात र खुट्टामा पाँच पाँच थान औंला भएको
 प्रत्येक औंलामा एक एक थान नङ समेत भएको 
काखी गनाउने बिशेसता भएको
 नाकबाट सिँगान बनाउने क्षमता भएको 
शर्ट लगाउन सक्ने 
पिसाब बगाउन सक्ने 
पेन्ट नझरोस् भनेर बेल्ट कस्ने
 दिसा झरोस् भनेर चर्पी बस्ने 
 राती सुत्ने तर ओच्छ्यानमा नमुत्ने 
दिउसो उठ्ने खाएपछी चुठ्ने 
 परम क्षमतावान 
विलक्षण 
प्रतिभाले धनी
 पैसाले पनि धनी 
नेताले चिनेको 
कर्मचारी किनेको
 यस्तो मेरो मित्र को पनि मित्रको पनि मित्रको पनि परम मित्र हिंजो अरु दिन भन्दा धेरै पटक हाच्छ्युँ गरेकोमा मित्रको सफलतामा बधाइ तथा शुभकामना प्रकट गर्न चाहन्छु
 पुनश्च: उहाँको गुप्तांगको बारे मलाई जानकारी नरहेको कारण त्यो बारे लेख्न नसकेकोमा क्षमाप्रार्थी छु

Enter your email address:

Delivered by FeedBurner