पछिल्लो समय अर्घाखाँचीको पत्रकारिता जगत तरंगित भएको छ । एउटा नगरपालिकाले सञ्चार क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाहरुलाई बाँडेको पैसाको यथार्थ विवरण मागिरहेका केही व्यक्तिहरु विरुद्ध अर्घाखाँचीमा पत्रकारिता गरिरहेका केही पत्रकारहरुले सामाजिक संजालहरुमा विभिन्न पोस्टहरू गर्नथालेपछि यो विवाद छताछुल्ल भएको छ।
एउटा लोकतान्त्रिक मुलुकमा नागरिकले आफुले तिरेको कर उचित ठाउँमा प्रयोग भयो कि भएन भनेर जान्न पाउने उसको अधिकार हुन्छ । यो नागरिकको मौलिक हक समेत हो । उचित खर्च नभएको खण्डमा नागरिकहरूले खबरदारी समेत गर्न सक्दछन् ।जसको प्रयोग सितागंगा नगरपालिकामा भएको छ ।
राज्यको चौथो अंग मानिने पत्रकारिता जगतले यसको नेतृत्व गर्नु पर्ने हो। सूचना तपाईंको अधिकार हो भनेर नथाक्ने तर नागरिकले सूचना माग्दा तर्सिने सञ्चारकर्मीहरुको व्यवहार उदेकलाग्दो छ।
अर्घाखाँचीका पत्रकारहरुले धेरै क्षमा पाएका छन्। प्रष्ट भाषाशैलीको अभाव, लेखाइ र बोलाईमा अस्पष्टता, व्यावसायिकताको अभाव यहाँका अधिकांश पत्रकारहरूको स्वभाविक गुण हो । तर सानो लगानीमा खुलेका, र साधनस्रोत कमजोर भएका सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुबाट हुने त्यसप्रकारका गल्तीलाई नजरअंदाज गरिएकै थियो। आफ्ना गल्तीहरू स्वीकार्दै र आफैलाई परिष्कृत गर्दै, कुनै दिन राष्ट्रिय संचारमाध्यम को हाराहारीमा अर्घाखाँचीका सञ्चारमाध्यमहरु पुग्छन् भन्ने झिनो आशा थियो । लेखाई बोलाइ का क्रममा भएका त्रुटीहरुलाई पटकपटक औल्याई दिँदा पनि त्यसलाई नदेखे जस्तै गर्ने, आफु बाहेक अरु कोही पनि आफूभन्दा राम्रो छैन भन्ने भ्रमबाट पत्रकारहरु मुक्त हुन सक्नुभएन । यसो भन्दैगर्दा मेरो आसय सबै पत्रकारप्रति होइन । केही राम्रा र सिक्न चाहने पत्रकारहरु पनि हुनुहुन्छ। उहाँहरुप्रति मेरो कुनै गुनासो छैन ।
गुनासो त मलाई अरु पत्रकार मित्रहरु प्रति पनि थिएन । आफूले जानेको आफूले सकेको गर्दै हुनुहुन्छ जस्तो लाग्थ्यो । अर्घाखाँचीका स्थानीय तहलाई पारदर्शी तथा जवाफदेही बनाउन को लागि काम गर्दैहुनुहुन्छ भन्नेमा ढुक्क थिएँ । त्यसैले स्थानीय तहबाट हुने कार्यसम्पादन पारदर्शी बनाउनको लागि उहाँहरूको सशक्त भूमिकाको अपेक्षा थियो । उहाँहरुले त त्यो गर्न सक्नुभएन, अन्य केही सामाजिक अभियन्ताहरुले त्यो जिम्मेवारी पुरा गरेपछि, त्यसमा टेकेर खोजी पत्रकारितालाई बुलन्द बनाउनुहुन्छ भन्ने आशा थियो । आफूले चिनेका र विभिन्न सामाजिक सञ्जालमा जोडिएका केही पत्रकार मित्रहरु को हरेक पोष्टलाई अवलोकन गरिरहेको थिएँ। जतिबेला उहाँहरु बोल्नुभयो, मलाई निराश बनाउनुभयो ।
स्थानीय तहको आर्थिक प्रशासनलाई पारदर्शी बनाउन दबाब दिनुपर्ने, र त्यसको सूचना सकेसम्म धेरै प्रवाह गर्नुपर्ने सञ्चारकर्मी मित्रहरु, उल्टै त्यो सूचनालाई बाहिर ल्याउने व्यक्तिहरुमाथि खनिनुभयो । अझ रमाइलो कुरा त, लोकतन्त्रका पहरेदार मानिएका केही दलहरु, लोकतन्त्रको एउटा आधार मानिने सूचनाको हकको प्रयोग गर्दा, नजानिँदो पाराले त्यसको विरोध गर्नमा तल्लीन रहे।
अधिकांश पत्रकारहरुलाई आफू राज्यको चौथो अङ्ग भएकोमा गर्व महसुस हुन्छ होला, तर पत्रकारितालाई किन राज्यको चौथो अंग भनिएको, अत्यन्तै संवेदनशील चिकित्सा क्षेत्र, शिक्षा क्षेत्र वा अन्य क्षेत्रलाई किन राज्यको अंगको रुपमा नमानिएको भन्ने कुरा बुझ्नु भयो भने तपाईं आफैमा केही प्रष्ट हुनुहुनेछ । एउटा स्वतन्त्र नागरिकको रुपमा खबरदारी गर्ने अधिकार सबैलाई छ, तर जब राज्यका कामकारवाही हरु को बारेमा जनतालाई स्वतन्त्र पत्रकार बनेर निष्पक्ष जानकारी दिनुपर्ने बेला हुन्छ, त्यतिबेला तपाईंको तपाईं कुनै राजनीतिक दलको सदस्य बन्न सक्नुहुन्न । जिल्लामै काम गरिरहेका तपाईकै साथी, हरि नेपाली जीलाई हेर्नुहोस, उहाँले आफ्नो ट्वीटरको परिचयमा लेख्नुभएको छ राजनीति थालेपछि पत्रकारिता छोडें ।
तपाईहरू सधै पत्रकारिता गरिरहेका हरिजी ले पत्रकारले राजनीति गर्नुहुँदैन भन्ने बुझ्न सक्नुहुन्छ भने तपाईले बुझ्न नसक्नु भनेको तपाईहरु पत्रकार कम नेता धेरै बन्न खोजेको परिणाम हो, अझ भन्नुपर्दा तपाईंहरूको राजनीतिक अहंकार समेत हो । यसले तपाईंहरूको राजनीतिक यात्रा त बलियो बनाउन सक्छ तर विभिन्न दलसम्बद्ध जनप्रतिनिधिहरूको कार्यसम्पादन को बारेमा तपाईहरुले प्रवाह गर्ने सूचना एक पक्षीय हुन्छ । तपाईहरुलाई राजनीतिक रिपोर्टिङ गर्नुछ भने, देशान्तर, दृष्टि वा युगदर्शनको पत्रकारिता गर्नसक्नुहुन्छ, तर स्वतन्त्र पत्रकार भनेर कुनै राजनैतिक दलको पक्षपोषण गर्ने अधिकार तपाईहरुलाई छैन ।
तपाईहरू सधै पत्रकारिता गरिरहेका हरिजी ले पत्रकारले राजनीति गर्नुहुँदैन भन्ने बुझ्न सक्नुहुन्छ भने तपाईले बुझ्न नसक्नु भनेको तपाईहरु पत्रकार कम नेता धेरै बन्न खोजेको परिणाम हो, अझ भन्नुपर्दा तपाईंहरूको राजनीतिक अहंकार समेत हो । यसले तपाईंहरूको राजनीतिक यात्रा त बलियो बनाउन सक्छ तर विभिन्न दलसम्बद्ध जनप्रतिनिधिहरूको कार्यसम्पादन को बारेमा तपाईहरुले प्रवाह गर्ने सूचना एक पक्षीय हुन्छ । तपाईहरुलाई राजनीतिक रिपोर्टिङ गर्नुछ भने, देशान्तर, दृष्टि वा युगदर्शनको पत्रकारिता गर्नसक्नुहुन्छ, तर स्वतन्त्र पत्रकार भनेर कुनै राजनैतिक दलको पक्षपोषण गर्ने अधिकार तपाईहरुलाई छैन ।
राजनैतिक दलहरू सधै सञ्चार जगत आफ्नो वरिपरि घुमोस भन्ने चाहन्छ, यो उसको स्वार्थ हो । यसका लागि उसले आफ्नो शुभेच्छुक संस्था वा आफूनिकट पत्रकारको संस्था भनेर पनि खोलेको हुनसक्छ । तर अरुलाई सचेत बनाउन खटिने जिम्मेवारी पाएका पत्रकारहरु, आफ्नै आँखामा राजनीतिक दलले छारो हालेर, आफ्नो वरिपरि घुमाउन खोजेको समेत बुझ्नुहुन्न भने, जनतालाई सुसूचित गर्ने जिम्मेवारी बहन गर्न सक्नुहुन्छ? यो मेरो तपाईहरुलाई प्रश्न हो ।
0 Comments