ब्यङ्ग्य समाजको एउटा अभिन्न पाटो हो। समाजका बिकृती बिरुद्ध आबाज उठाउने मात्र नभइ त्यसको मार्गनिर्देश गर्ने काम ब्यङ्ग्यको हो। त्यसैले ब्यङ्ग्य को आफ्नै महत्व छ। तर ब्यङ्ग्य को आफ्नै मुल्य र मान्यता पनि रहन्छ। ब्यङ्ग्य सस्तो मनोरञ्जन नभइ गहन अर्थ बोक्ने ससक्त हतियार बन्नु पर्छ। ब्यङ्ग्य पढ्ने ब्यक्ती मात्र नभइ ब्यङ्ग्य को निसाना बनेको ब्यक्ती लाइ समेत पाच्य तथा सन्देश ग्रहण योग्य बन्नु पर्छ।
तर हिँजो आज सामाजिक सञ्जाल हरुमा असाध्यै गैरजिम्मेबार तरिकाले कार्टुन बनाउने प्रबृती बढेको छ। फोटोसप जानेकै भरमा जनावरको सरिरमा मन नपरेका नेताको टाउको जोडेर या नेताको आपत्तीजनक तस्बिर बनाएर आफुलाइ असाध्यै महान कार्टुनिष्ट भएको बखान छाँट्नेको संख्या मनग्य रुपमा बढेको छ। यो प्रबृतीको सिकार लगभग सबै नेताहरु बनेका छन।
कार्टुन बनाउँदा या ब्यङ्ग्य प्रस्तुत गर्दा सम्बन्धित ब्यक्तीका केहि काम(समाज सँग सम्बन्धीत) को बारेमा र त्यसले समाज मा पार्ने असरको बारेमा र त्यसको बारेमा सम्बन्धित ब्यक्तिले ब्यक्त गरेको धारणा लाइ मजाक को रुपमा प्रस्तुत गरिन्छ। सम्बन्धित ब्यक्तिको भनाइ र गराइमा देखिएका फरक बाहेक ब्यक्तिगत सन्दर्भ कार्टुन को बिषय बन्नु जायज हुन सक्दैन। ब्यक्तिगत कुरा मा पनि हचुवाको भरमा कार्टुन बनाउनु गलत कार्य हो। तर हाम्रा फेसबुके कार्टुनिष्ट ले त कार्टुनमै दुइजनाको नाजायज सम्बन्ध भएको सम्म देखाइसके। यो भन्दा तल्लो स्तरको हर्कत के हुन सक्छ?
कतिपय काम यस्ता हुन्छन जसले क्षणिक मनोरञ्जन त दिन्छन तर त्यसको सार पक्ष त्यती मिठो हुँदैन। बाटोमा बसेर केटी जिस्काउँने, आफ्नो गल्तिमा समेत चर्को बोलेर आफु नै सही देखाउने जस्ता कार्य देख्दा उत्कृष्ट देखिए पनि आफु नै त्यसको मारमा परेपछी त्यसको बास्तबिक पिडा थाहा हुन्छ। त्यस्तै ब्यङ्ग्य पनी हचुवाको तालले गर्दा त्यस्तै खालको निम्न स्तरिय बन्छ। कल्पना गर्नोस त तपाइँको टाउको कुकुरको सरिरमा जोडेर प्रकासित गरे के होला? कुरा त्यती हो। तपाइँको कामलाइ मजाक गरेर भन्दा एकछिन उडाए जस्तो मात्र अनुभुती हुने तर कुकुर बनाउँदा पिडा हुने सबैको बानी हो।
फोटोसप चलाउँदैमा कोहि पनि कार्टुनिष्ट हुँदैन। कार्टुनिष्ट बन्न त्यहि प्रकारको क्षमता चाहिन्छ। कतिपय कार्टुनिष्ट का कार्टुन हेरेर कार्टुनिष्ट सँग सम्बन्धित ब्यक्तीले भेटेका कुरा पटक पटक आइरहन्छन। त्यो नै कार्टुनिष्ट को पहिचान हो। र बाँकी फेसबुके कार्टुनिष्ट का कार्टुन क्षणिक हाँसउठ्दा देखिए पनि सारमा पिडादायी नै हुन्छन।